ईनारको फेद

Bon
4 min readJul 17, 2022

आँखा खुल्दा साढे बार्ह बजेको थियो। बाहिर गुडिरहेका बाईक र गाडिहरुको आवाज चर्को भएपनि मेरो ध्यान कोठाको बाल्टिने धाराबाट जुठो भाँडामा तप-तप चुहिरहेको पानीमा थियो। खानेपानी नआएको एक हप्रा भईसकेको थियो र जारको पानी पनि सकिसकेको थियो। भएको पैसाले पानीको जार किनौँ कि खानलाई चामल? र त्यसपछि? घरबेटीले भाँडाको विषयमा किचकिच गरेको नि ३ महिना भईसकेको थियो। अब त घरबाट निकाल्न मात्र बाकिँ छ।

पैसाको अभावले मानिसलाई कतिसम्म लाचार बनाऊँदो रहेछ भन्ने अनुभव मैले पहिलो चोटि त पाएको होईन तर जब भाग्यले पनि साथ छोड्छ तब मन् निकै पिरोल्दो रहेछ। म चौथो वर्ष ईन्जिनियरिङ्गको छात्र थिएँ। तर मैले त्यति चार वर्षमा केहि बुझ्न सकेको थिएन। कि त सरहरुले पढाउन नजान्या हुन्, कि त मैले पढ्न। कोशिष गरेर बल्ल बल्ल बुझ्न शुरु भयो कि माईग्रेनको समस्याले मलाई फेरी लडाईदिन्छ।

मैले नसक्ने रहेछु भनेर हार स्विकार गर्दै केहि महिना अघिमात्र मैले पढाई छोडेर एकजना साहुकोमा काम शुरु गरेको थिएँ। साहुको काम गरेको बापत पैसा समयमै पाउने भएको भए यतिसम्म गार्हो नि हुन्न थियो होला। तर साहुहरुको जात त्यहि त हो। पैसाको मामलामा लोभिहरु झुलाउनसम्म झुलाउछन्। न त पैसा समयमा पाईन्छ, न त छुट्टी नै।

गको महिना हजुरबा बित्नु भयो। हजुरबाको अन्तिम ईच्छा आफ्नो नातीको अनुहार हेर्नु थियो। रोईकराई साहुसँग बिदाको भिख माग्दा माग्दा पनि साहुले मलाई हजुरबाको अन्तिम ईच्छा पुरा गर्न नदिने भए। रिसैको झोँकमा जागिर छोडेर घरमा पुगुन्जेलसम्म हजुरबा बितिसक्नु भएछ। वहाँको शरिर काँधमा बोकेर चिताह जलाउनमात्र लेखिएको रहेछ मेरो भाग्यमा।

यस्तो बिजोगको बेला मलाई कमसेकम मेरी प्रेमिकाले त साथ देली भनेर उस्लाई सम्झे। केहि दिन अघि रिसारिस परेर बोलिचाली बन्द भएको थियो। अब फकाउँला, आफ्नो दुख: सुनाउला र उस्लाई मनाउँला भनेर मैले उस्को नम्बर डायल गरेँ। फोन स्विच अफ आयो। म आत्तिए। हतार हतार लुकाएर राखेको उस्को दिदीको नम्बरमा कल गरेँ। उस्को १ महिना अघिनै अस्ट्रेलियाको पि.आर. वालासँग कुरा चलेर अहिले बिहेको तयारीमा भएको जानकारी प्राप्त गरे।

जिन्दगीले मलाई त्यहि बाल्टिने धाराजस्तै थोपा थोपा गर्दै मेरो भाग्य रित्याइसकेको थियो। मसँग पलँगबाट ऊठ्ने जाँगर र शक्ति, दुवै थिएन। सोच्दा सोच्दै आँखाबाट आँसु नआए पनि मन मेरो धरधरी रोईरहेको थियो। आज उठेर पनि केहि गर्न नसकिने जस्तो लागेपछी म शिरक ओढेर फेरि सुत्नलाई आँखा बन्द गरेँ।

मोबाईलमा आवाज आयो। एउटा आँखा खोलेर मैले मोबाईलमा हेरेँ। साथीको मेसेज रहेछ। फिल्म हेर्न जाने हैन? भन्दै निम्तो दिन मेसेज गरेको रहेछ।

मैले मुड छैन भनेर अस्विकार गरेँ।

दिनभरी के गर्दे बस्छस् र मुड छैन? भन्दै प्रतिप्रश्न आयो। मसँग सुक्को पैसा नभएको भएर नजाने कुरा मैले बताए। उस्ले पैसा हाल्दिने र पछि तिर्दा हुने प्रस्ताव गर्यो। पछि कताबाट आउला पैसा भन्ने टुङ्गो थिएन। त्यसैले मैले फेरी नाई भनेँ।

मेरो बिजोग अवस्थाको बारेमा मेरो साथीले चाल पाएछ। मामला के हो भन्दै शोध्न थाल्यो। ऊ थियो मेरो सबैभन्दा मिल्ने साथी। शुख: र दुख: दुवैमा हामिले एकअर्कालाई साथ दिन्थ्यौँ। मैले उस्लाई केहि कुरा नलुकाई एकाएक बितेको केहि महिनाका सबै दुर्भाग्यका घटनाहरु सुनाएँ। म मन र धन दुवैबाट रित्तिएको कुरा उस्लाई सुनाएँ।

उस्ले मेरो सबै कुरा मलाई बिचमा नरोकी सुन्यो। मैले कुरा सकाएपछि केहि सान्त्वना दिन खोज्यो। तर बोल्दा बोल्दै कल कट्यो। मैले कलब्याक गर्न खोज्दा फोन उठेन। दुख:को बेला त मित्रले पनि मित्रता बिर्सिँदो रहेछ जस्तो लाग्यो र फोन राखेर फेरी पल्टिएँ।

२ मिनेट पछि फेरी उस्को कल आयो। पहिले त उठाउन मन थिएन। तर के बहाना बनाउँदो रहेछ भनेर सुन्न मन् लागेर कल ऊठाएँ। बत्ति गएर नेट बन्द भएको रहेछ। अरु केहि नभनि मसँग कति पैसा छ भनेर सोध्यो। मैले गोजि सबै खाली गरेर गनेँ। ६२ रुपैँया रहेछ मसँग। उस्ले केहि बेर सोच्दै थियो होला र केहि बोलेन। मैले किन जम्मा पैसा खोजेको भनेर सोँधे। त्यसपछि उस्को सुझाव आउन थाल्यो।

पहिले कोठा मिलाउने सुझाव दियो। हुन पनि मेरो कोठा कहिले सफा हुदैँन थियो। बाटामा झुठो भाँडा, सुत्ने खाटमै छरिबरी लुगा, कम्प्युटर टेबलमा कागजै-कागज। बेला बेला मा कोठा आईराख्ने भएकोले उस्लाई मेरो कोठाको हुलिया राम्रोसँग थाह थियो।

मैले उस्लाई प्रतिप्रश्न नगरी, कोठा सफा गर्न भनि, फोन राखेँ। कोठालाई सकेसम्म सफा गरेर मैले उस्लाई फोन गरेँ र सफाईको कारण सोँधे। मन र मस्तिस्क सफा राख्न पहिले आफ्नो वरिपरी सफा हुनुपर्छ। उस्ले जवाफ दियो। हुन त त्यति सरसफाई पछि शरिरमा पनि केहि फुर्ति आएजस्तो अनुभव भईरहेको थियो मलाई।

अब के भनेर मैले मेरो साथिसँग सोधेँ। आफ्नो व्यक्तिगत विवरण तयार गरेर ५-६ वटा कपि बनाई नजिकको विद्यालयहरुमा एक-एक कपि बाँड्ने शुझाव आयो। मैले सुरुमा त मानिन तर उस्लाई म र मेरो कम्पयुटर छेत्रको सक्षमता राम्ररी थाह थियो। त्सैले भने जस्तो गर्न कर गर्यो। मैले मेरो साईकल निकालेर नजिकको केहि विद्यालयमा मेरो विवरणको प्रतिलिपीहरू बाँडेर घर फर्के।

तपाईको हातमा भएको फाईल पनि मैले अघि त्यहि बेला छोडेर गको हो सर।

“हाम्रोमा कम्प्युटरको सर त पहिले देखि छन्। तर कम्प्युटर व्यवसथापकको आवस्यकता भने हामिले महसुस गर्दै आएका छौँ। पैसा अलि कम छ अहिलेलाई, तर तपाईँको काम हेरेर चाडैँ बढाउन सकिन्छ। हुन्छ?”

केहि आशा र खुशिका साथ “हुन्छ” भनेर मैले वँहाको प्रस्ताव स्विकार गरेँ।

--

--

Bon

Music Enthusiast, Guitarist, Software Engineer, Writer